| सोमवार, असार ७, २०७८

जुवाको खाल सञ्चालन गर्ने माओवादी नेतासहित २५ जना पक्राउ

काठमाडाैँ, २९ वैशाख – काठमाडाैँको एक होटेलबाट जुवा खाल सञ्चालन गर्दै आएका माओवादी नेतासहित २५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

देशभर निषेधाज्ञा लागु भएको अवस्थामा समेत सोह्रखुट्टे स्थित बहती पोखरीमा जुवा खेलिरहेका माओवादी नेता पिताम्बर गौतम सहित २५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

माओवादी केन्द्र निकट मजदुर संगठनका नेता गौतमले सञ्चालन गर्दै आएको फेवा दर्शन होटलमा जुवा खेल्दै गरेको अवस्थामा नगद रु १० लाख ९७ हजार सहित महानगरीय प्रहरी वृत सोह्रखुट्टेको टोलीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

जुवाखालबाट ३० बुक तास, र जुवामा प्रयोग हुने २ सय ५० वटा क्वाइन समेत प्रहरीले बरामद गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं–१६ बस्ने होटल सञ्चालक पिताम्वर गौतम, भारतीय नागरिक कानु प्रधान, काठमाडौं–१६ बस्ने रञ्जना ढकाल, काभ्रेका पुरुषोत्तम न्यौपाने, महोत्तरीका मनोजकुमार मण्डल, बझाङका उमेश विक, काभ्रेका विजय कार्की, चितवनका जगतबहादुर गुरुङ, मोरङका नवीन्द्रकुमार गुरुङ, सिन्धुपाल्चोकका ज्योतिप्रकाश श्रेष्ठ, मकवानपुरका बिर्खबहादुर थिङ, धादिङका पदमबहादुर तामाङ, ललितपुरका शंखर माली, भक्तपुरका रामेश्वर गौतम, मकवानपुरका रामकृष्ण वाइवा, दोखलाका छिरिङ शेर्पा, काभ्रेका मिनसाङ लामा, ललितपुरका अनिल सेढाइँ, काठमाडौंका राम अधिकारी, मुगुका तेञ्जिङ लामा, काठमाडौंका ग्यालछेल लामा, नवलपरासीका छिरिङ लामा, ललितपुरकी ज्योति थापा र सल्यानका बलबहादुर राउत जुवा खालबाट पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्