| मङ्लबार, जेष्ठ ४, २०७८

चक्कु प्रहारबाट मृत्यु

धनुषा, १८ वैशाख – हंसपुर नगरपालिका-६ तीलही बस्ने २५ वर्षीय शम्भु मण्डलको धारिलो हतियार चक्कु प्रहारबाट शनिबार बिहान मृत्यु भएको छ ।

घरायसी विवादको कारण झै-झगडा हुँदा शम्भुलाई आफ्नै श्रीमती २३ वर्षीया शुसीला देवी मण्डल तथा शम्भुकै भाइहरू २४ वर्षीय संजय भन्ने जय मण्डल र २३ वर्षीय अनिल मण्डलले चक्कु प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो ।

हाल फरार तीनै जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्