| मङ्लबार, जेष्ठ ४, २०७८

अनलाईन मार्फत सट्टेबाजी तथा जुवा खेलाउने पक्राउ

रौतहट, १७ वैशाख – अनलाईन मार्फत आर्थिक कारोबार गरी आईपीएल सट्टेबाजी तथा जुवा खेलाउने गरेको अभियोगमा गौर नगरपालिका-१ बस्ने २६ वर्षीय सुधिर कुमार जैसवाललाई सट्टाबाजी गर्न प्रयोग गरेको मोबाईल सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनको यूनिभर्सल मोबाइल एसेसोरिज पसलमा Diamond EXTH अनलाइन मार्फत आइपीएलको सट्टेबाजी गर्ने र जुवा खेलाउने मास्टर एजेन्टको रुपमा कारोबार गर्दै आईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनले अनलाईन मार्फत ४८ जनाको समूह बनाई सट्टबाजी गरी १७ लाख ३९ हजार ६ सय ४० रुपैयाँ बराबरको सट्टाबाजी जुवा खेलाएको अनुसन्धानबाट खुल्न आएको छ ।

उनी उपर जुवा खेल्न वा सट्टेबाजी गर्ने नहुने अन्तर्गतको कसूरमा ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्