काठमाडौं – काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट १ सय ६५ ट्याब्लेट नियन्त्रित लागूऔषध नाइट्राभेट सहित सिरहा कर्जनहा नगरपालिका-६ घर भएका २१ वर्षीय रुपेश ठाकुरलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सिरहाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.ख ८४११ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।