| मङ्लबार, जेष्ठ ४, २०७८

७ वर्षीया बालिकालाई करणी गर्ने ४६ वर्षीय पुरुष पक्राउ

काठमाडौं, २७ चैत – ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोठाटारस्थित होटल व्यवसाय गरी बस्ने सिन्धुपाल्चोक धुस्कुन घर भएका ४६ वर्षीय लोकबहादुर कार्कीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

कार्कीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्