| सोमवार, बैशाख ३, २०८१

कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

दाङ, १६ फागुन – घोराही उपमहानगरपालिका-१६ बस्ने २१ वर्षीय राजन चौधरीको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही उपमहानगरपालिका-१० जलौरा बस्ने २३ वर्षीय उमेश चौधरी समेत ६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

सोही उपमहानगरपालिका-१० जलौरा नजिक बिवाहको भोजमा गएको अवस्थामा राजनलाई उमेश समेत ६ जनाले कुटपिट गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले कुटपटमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो।

कुटपिटबाट गम्भीर घाइते भएका राजनको स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही हुँदै चौराह हस्पिटल मेडिकल कलेज बुटवलमा थप उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्