| सोमवार, मंसिर १५, २०७७

तेल ट्यांकरमा समेत फल्सबटम

काठमाडौँ, ४ मङ्सिर – तेल ट्यांकरमा मापदण्ड विपरित फल्स चेम्बर जडान गर्ने २ वटा ट्यांकर आज पक्राउ परेको छ ।

बिर बेताल आशिर्वाद कम्पनी प्रा. लिका संचालक प्रज्वल राज भट्ट, दिपेन्द्र बहादुर बम र सदेन व्यन्जनकारको नाममा रहेको ना ७ ख ३६९६ र ना ७ ख २९९५ नम्बरको दुई वटा ट्यांकरको चेक जाँच गर्ने क्रममा मापदण्ड विपरित तेल ट्यांकरमा फल्स चेम्बर जडान गर्ने कार्यको खुलासा भएको छ ।

सुराकीको सूचनाको आधारमा निगमका कर्मचारी तथा गुणस्तर तथा नापतौल कार्यालयका प्राविधिक कर्मचारीहरुले गरेको चेकजाँचको क्रममा उक्त कुरा खुल्न आएको हो । ट्यांकर भित्र रहेको चेम्बरलाई बाहिर र भित्रबाट हेर्दा सजिलैसँग पत्ता लगाउन नसकिने गरि वेल्डिंग गरिएको थियो ।

फल्स चेम्बर जडान गर्ने ट्यांकरहरुलाई प्रचलित बिनियमावली बमोजिम करिब पन्ध्र लाख हर्जना तिराउने कार्य अगाडी बढाइएको नेपाल आयल निगमका प्रवक्ताविनित मणि उपाध्यायले प्रेस विज्ञप्ति मार्फत जानकारी दिनु भएको छ  ।

प्रतिक्रिया दिनुहोस्