| शनिबार, बैशाख ८, २०८१

प्रमुख अनुसन्धान अधिकृत घुस लेनदेनको अभियोगमा पक्राउ

रुपन्देही, २० साउन – आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय रानालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले आज नियन्त्रणमा लिएको छ ।

बुटवल–१३ बुद्धचोकमा कपिलवस्तुका गुट्खा व्यापारी अनिलकुमार झासँग घुसबापत रु दुई लाख लेनदेन गर्दै गरेको अभियोगमा प्रमुख रानालाई आयोग बुटवलको टोलीले नियन्त्रणमा लिएको कार्यालयका प्रमुख भीष्मराज भुसालले जानकारी दिए ।

रानालाई व्यापारीसँग महिनामहिनामा पैसा लिने गरेको भन्ने सूचनाका आधारमा अनुसन्धान गर्ने क्रममा आज बिहान १०.३० बजे पक्राउ गरिएको बताइएको छ । यसअघि सोमबार स्रोत नखुलेको रकमसहित बाँके राष्ट्रिय निकुञ्जका दुई कर्मचारीलाई रु आठ लाख ९८ हजारसहित आयोगले पक्राउ गरेको थियो ।

रासस

प्रतिक्रिया दिनुहोस्