| बुधबार, साउन २८, २०७७

‘इनफ इज इनफ’ का आन्दोलनकारीद्वारा पत्रकारमाथि दुर्व्यवहार

काठमाडौ, १५ साउन – ‘इनफ इज इनफ’ का  आन्दोलनकारीले पत्रकारमाथि गरेको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको जनाएको छ । समाचार संकलनका क्रममा अनलाइन खवरका सहसम्पादक विश्वासकुमार खड्काथोकीमाथि भएको दुर्व्यवहार प्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघको बिज्ञप्तीमा भनिएको छ, कोभिड १९ को विषयमा सरकारले जनताको स्वास्थ्यमाथि खेलवाड गरेको विरोधमा काठमाडौंको बसन्तपुरमा अनसनरतहरुको सन्दर्भमा साउन १३ गते समाचार संकलन गर्ने क्रममा ‘इनफ इज इनफ’ आन्दोलनकारीले पत्रकार खड्काथोकीमाथि दुर्व्यवहार गरेका थिए ।

महासंघले बिज्ञप्तीमा ‘स्वतन्त्ररुपमा पेशागत धर्म निर्वाह गर्ने पत्रकारमाथि कुनै पनि पक्षबाट दुर्व्यवहार हुनु निन्दनीय कार्य हुनुका साथै प्रेस स्वतन्त्रता माथिको ठाडो हस्तक्षेप हो । महासंघ प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न, पत्रकारलाई स्वतन्त्र र निर्वाध काम गर्ने वातावरण बनाउन तथा यस्ता घटना नदोहो¥याउन सम्बन्धित निकायसँग माग गर्दछ, भनेर लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्