आज साँझ ओखलढुंगा घर भएकी ती युवतीमाथी सितापाइलामा तेजाव हानिएको हो। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार २२ वर्षीया पवित्रा कार्की नाम गरेकी युवती माथि एकजना युवकले तेजाव प्रहार गरेका हून । कोठाबाट सामान किन्‍न बाहिर निस्केको बेलामा युवतीको अनुहारमा तेजाव खन्याइएको थियो।  तेजावले युवतीको अनुहार जलेको अवस्थामा तत्कालै कीर्तिपुर अस्पताल पुर्याइएको थियो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले तेजाव हान्‍ने व्यक्तिको तीव्र खोजि भइरहेको बताउनु भएको छ।