| आइतवार, अशोज १६, २०७९

सेयर बजार २३ महिनाकै न्यून बिन्दुमा

काठमाडौं। सेयर बजार मापक नेप्से परिसूचक २३ महिनाकै न्यून बिन्दुमा पुगेको छ ।

साताको तेस्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक ३८.८१ अंकले घटेर १८३७.६० अंकमा बन्द भएको छ ।  २०७८ भदौ २ गते ३१९९.०३ अंकमा रहेको नेप्से अहिले १८३७.६० अंकमा बन्द भएको छ ।

मंगलबार नेप्सेका सबै उपसूचकमा गिरावट आएको छ । जसमध्ये सबैभन्दा बढी वित्त कम्पनी उपसूचक ३.८३ प्रतिशतले गिरावट आएको छ ।

मंगलबार नेप्सेमा १८७ कम्पनीको सेयर कारोबार भएकोमा १७८ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै २ कम्पनीको सेयर मूल्य स्थिर हुँदा ७ कम्पनीको मात्रै बढेको छ । लगातारको गिरावटसँगै कारोबार रकम पनि घट्दै गइरहेको छ ।

नेप्सेका अनुसार, स्वाभिमान लघुवित्त तीन दशमलव ९२, एनएमबी–५० तीन दशमलव ८७, आर्दश लघुवित्त दुई, तेह्रथुम पावर कम्पनी एक दशमलब ९१ र सिभिल लघुवित्तका लगानीकर्ताले एक दशमलव ३८ प्रतिशतले कमाएका छन् ।

यस्तै कालिका पावरको शेयर मूल्यमा १० प्रतिशतले गिरावट देखिएपछि नकारात्मक सर्किट लागेको छ । बरुण हाइड्रोपावर आठ दशमलव १९, ग्रीन डेभलपमेन्ट बैंक सात दशमलव ९४, समृद्धि फाइनान्स छ दशमलव ७२ र अप्पर सोलु हाइड्रोपावरका लगानीकर्ताले छ दशमलव ५६ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्