| बिहिबार, चैत्र २९, २०८०

१३ कम्पनीको लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । १३ वटा कम्पनीहरुले लाभांशको घोषणा गरेका छन । नेप्सेमा सूचीकृत भएका कम्पनीमध्ये १३ वटा मर्चेन्ट बैकिङ् कम्पनीले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई  लाभांश वितरण गर्ने घोषणा गरेका हुन् ।

सुचीकृत कम्पनीमध्ये लाभांश प्रस्ताव गर्ने कम्पनीहरुमा प्रभु क्यापिटल, एनएमबी क्यापिटल, मुक्तिनाथ क्यापिटल, सिद्धार्थ क्यापिटल, सानिमा क्यापिटल, बि ओ के क्यापिटल, एनआईशी एशिया क्यापिटल, सीबीआईएल क्यापिटल, सनराईज क्यापिटल, एनआईबीएल एस क्यापिटल, सेन्चुरी क्यापिटल, नेपाल बंगलादेश क्यापिटल, माछापुच्छ्रे कृति क्यापिटल लिमिटेड आदि रहेका छन् ।

एनआईशी एशिया क्यापिटल लिमिटेडको सबैभन्दा धेरै ४८ प्रतिशत नगद लाभांश रहेको छ । भने अहिले सम्म कम लाभांश दिने कम्पनीमा सेन्चुरी क्यापिटल लिमिटेडको ६.२५ प्रतिशत रहेको छ ।

कुनले कति दिए लाभांश ?

प्रभु क्यापिटल :

प्रभु क्यापिटल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको २२.३८८५ प्रतिशत बोनस शेयर र १७.६१ प्रतिशत नगद लाभांश गरी कूल ४५.९९८५ प्रतिशत कर सहितको लाभांश दिने निर्णय गरेको हो  ।

एनएमबी क्यापिटल :

एनएमबी क्यापिटल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई शेयरधनीहरुलाई चुक्ता पूँजीको ३० प्रतिशत कर सहितको नगद लाभांश दिने निर्णय गरेको हो  ।

मुक्तिनाथ क्यापिटल :

मुक्तिनाथ क्यापिटल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई शेयरधनीहरुलाई चुक्ता पूँजीको १८ प्रतिशत कर सहितको नगद लाभांश दिने निर्णय गरेको हो  ।

सिद्धार्थ क्यापिटल :

सिद्धार्थ क्यापिटल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई शेयरधनीहरुलाई चुक्ता पूँजीको ४० प्रतिशत कर सहितको नगद लाभांश दिने निर्णय गरेको हो  ।

सानिमा क्यापिटल :

सानिमा क्यापिटल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई शेयरधनीहरुलाई चुक्ता पूँजीको २५ प्रतिशत नगद कर सहितको लाभांश दिने निर्णय गरेको हो  ।

बि ओ के क्यापिटल :

बि ओ के क्यापिटल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई शेयरधनीहरुलाई चुक्ता पूँजीको १८ प्रतिशत कर सहितको नगद लाभांश दिने निर्णय गरेको हो  ।

एनआईशी एशिया क्यापिटल :

एनआईशी एशिया क्यापिटल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई शेयरधनीहरुलाई चुक्ता पूँजीको ४८ प्रतिशत कर सहितको नगद लाभांश दिने निर्णय गरेको हो  ।

सीबीआईएल क्यापिटल :

सीबीआईएल क्यापिटल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको २५ प्रतिशत कर सहितको नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो  ।

सनराईज क्यापिटल :

सनराईज क्यापिटल लिमिटेडले गत आर्थिक वर्षकोे मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको ४० प्रतिशत कर सहितको नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो  ।

एनआईबीएल एस क्यापिटल :

एनआईबीएल एस क्यापिटल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको २६ प्रतिशत  कर सहितको नगद लाभांश दिने निर्णय गरेको हो ।

सेन्चुरी क्यापिटल मार्केट लिमिटेड :

सेन्चुरी क्यापिटल मार्केट लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको ६.२५ प्रतिशत कर सहितको नगद लाभांश दिने निर्णय गरेको हो ।

नेपाल बंगलादेश क्यापिटल :

नेपाल बंगलादेश क्यापिटल लिमिटेडले गत आर्थिक वर्षको संचित मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १९ प्रतिशत कर सहितको नगद लाभांश दिने निर्णय गरेको हो ।

माछापुच्छ्रे कृति क्यापटिल :

माछापुच्छ्रे कृति क्यापिटल लिमिटेडले गत आर्थिक वर्षकोे मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको ६.४ प्रतिशत अर्थात १ करोड ७१  लाख २७ हजार रुपैयाँ कर सहितको नगद लाभांश र चुक्ता पुँजीको ७ प्रतिशत अर्थात १ करोड ८७ लाख ३२ हजार रुपैयाँ बोनस शेयर गरी कुल १३.४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

capital.JPG

प्रतिक्रिया दिनुहोस्