| बिहिबार, मंसिर १६, २०७८

आजदेखि मध्ये भोटेकाशीको आईपीओ खुला

काठमाडौं । मध्ये भोटेकाशी हाइड्रोपावर कम्पनीको साधारण शेयर (आईपीओ) आज देखि खुला भएको छ । कम्पनीले ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण शेयर सर्वसाधारणका लागि खुला गरेको हो ।

मध्ये भोटेकाशी हाइड्रोपावरले प्रतिकित्ता १०० का दरले ९० लाख कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको हो । जारी गरेको कुल शेयर मध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी रहेको ८१ लाख ९० हजार कित्तामा शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

उक्त शेयरका लागि सर्वसाधारणले असोज २५ गतेसम्म आवेदन दिन सक्नेछन् भने ढिलोमा कात्तिक ३ गते सम्म आवेदन दिन सकिनेछ ।

सो शेयरमा सर्वसाधारणले न्युनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल मार्केट लिमिटेडले जनाएको छ ।

नेपाल धितोपत्र बोर्डको व्यवस्था अनुसार लगानी कर्ताको सङख्या बढी भएको हुँदा आवेदकले १० कित्ताका दरले शेयर पाउने भएकाले न्युनतम १० कित्तासम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सी आस्वा र बैंकबाट आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्