| आइतवार, अशोज ३१, २०७८

कामना सेवा विकास बैंकले १९.४७ प्रतिशत लाभांश दिने

काठमाडौं – कामना सेवा विकास बैंकले शेयरधनीलाई १९.४७ प्रतिशत लाभांश दिने भएको छ ।

विकास बैंकहरुमध्ये कामना सेवा विकास बैंकले गत आवको मुनाफाबाट १९.४७ प्रतिशत लाभांश घोषणा गरेको हो । बैंकले शेयरधनीलाई १८.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.९७ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

हाल बैंकको चुक्ता पुँजी २ अर्ब ६५ करोड १९ लाख ६३ हजार रुपैयाँ रहेकोमा बैंकले सोही आधारमा बोनस घोषणा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्