| आइतवार, अशोज ३१, २०७८

सिटिजन्स बैंकले १६ प्रतिशत लाभांश दिने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले शेयरधनीलाई १६ प्रतिशत लाभांश दिने भएको छ ।

आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सिटिजन्स बैंकले १२.९१३ प्रतिशत बोनस शेयर र ३.०८७ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई साधारणसभाले पारित गरेपछि शेयरधनीहरुलाई वितरण हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्