| सोमवार, साउन १८, २०७८

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ – नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा  गिरावट आएको छ  ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन ७ सयले घटेर प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने २० रुपैयाँले घटेर प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्