| आइतवार, बैशाख २, २०८१

सवारीसाधनको विक्री ठप्प

काठमाडौं – २ महीना लामो निषेधाज्ञापछि काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले अटोमोबाइल व्यवसाय खोल्न दिने निर्णय गरे । निषेधाज्ञा खुकुलो भएपछि बजार चलायमान हुने अपेक्षा व्यवसायीको थियो । तर, बजार खुकुलो भएपछि पनि सवारीसाधनको विक्री ठप्पै जस्तो हुन पुगेको छ ।

व्यवसायीहरूका अनुसार शोरूममा सवारीसाधनका बारेमा बुझ्न आउने ग्राहक नै छैनन् । अटोमोबाइल व्यवसायीहरूको छाता संगठन नेपाल नाडा अटोमोबाइल व्यवसायी संघका सचिव तथा नारायणी अटो मोटर्सका सञ्चालक अनुपकुमार बरालले केही दिनयता सवारीसाधनबारे बुझ्न आउनेको संख्या सामान्य देखिन थाले पनि बजार चलायमान हुन नसकेको बताए ।

‘केही दिनयता सामान्य बुझ्न आउनेको संख्या देखिन थालेको छ,’ उनले भने, ‘माग घटेको छ ।’ बन्दाबन्दी खुलेपछि अघिल्लो वर्ष साउनयता बढ्दै गएको सवारीसाधनको माग गतवर्ष माघमा उच्च रह्यो । भारतमा सवारीसाधनको उत्पादन नै कम हुँदा आयात गर्न कठिन भएकाले व्यवसायीहरूले मागअनुसार सवारीको आयात गर्न सकेनन् । त्यसैले गतवर्ष माघदेखि गत वैशाखको निषेधाज्ञा हुनुअघिसम्म व्यवसायीहरूले सवारीको अग्रिम बुकिङ थालेका थिए । तर, यसपालि निषेधाज्ञा खुकुलो हुँदै गए पनि सवारीसाधनको माग भने बढेको छैन ।

-आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया दिनुहोस्