| आइतवार, अशोज ११, २०७७

पिसिआर परीक्षण शुल्क अब दुई हजार मात्र

काठमाडौं, २८ भाद्र – सरकारले कोरोना परिक्षण गर्ने पिसिआर परीक्षणको शुल्क आज देखी घटाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित प्रेस ब्रिफिङ्गमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतम अनुसार अब निजी तथा सरकारी प्रयोगशालाले पिसिआर परीक्षण गरेबापत अधिकतम रु दुई हजार सम्म लिनसक्ने बताउनुभएको छ । विश्व बजारमै किटको मूल्य घटेको र विश्वमै पिसिआर परीक्षणको शुल्क पुनारावलोकन गरिएकाले शुल्क घटाइएको जानकारी दिनुभयो ।

सरकारले यस अघि पिसिआर परीक्षण शुल्क रु ४ हजार ४ सय तोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्