दीपक मनाङे पक्राउ

काठमाडौँ । प्रहरीले गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे उर्फ राजीव गुरुङलाई पक्राउ गरेको छ ।

मङ्गलवार बिहान प्रहरीले राजधानीको सानो भर्‍याङबाट दीपक मनाङेलाई पक्राउ गरेको हो ।

सर्वोच्च अदालतले कात्तिक २० गते मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेपछि प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसलालाई सर्वोच्चले सदर गरेको थियो ।

२१ वर्षअघि दीपक मनाङेको समूहले अर्का गुन्डा नाइके चक्रे मिलनमाथि तरबार प्रहार गरी हात छिनाएको थिए । ठेक्कापट्टा र असुली धन्दामा कुरा नमिलेपछि मनाङे समूहले चक्रे मिलन समूहमाथि २०६१ सालमा आक्रमण गरेको थियो ।

मुलुकी ऐनको नयाँ व्यवस्थाले १० वर्षभन्दा कम सजाय हुने मुद्दामा थुनाबाहिर रहेरै मुद्दा लड्न पाउने व्यवस्था गरेकाले सर्वोच्चले मनाङेलाई थुना बाहिरै बसेर मुद्दा लड्न पाउने गरी थुनामुक्त गर्ने आदेश दिएको थियो । अब फैसलाअनुसार मनाङेले बाँकी कैद भुक्तान गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्