पत्रकारिताको धारमा बहस गरौं: प्रेस काउन्सिल अध्यक्ष बस्नेत

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जालको अत्यधिक दुरुपयोगसँगै पत्रकारिताको धार परिवर्तन हुनुपर्ने धारणा राख्नु भएको छ ।

मङ्गलवार सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्नुहुँदै प्रेस काउन्सिलका अध्यक्ष बस्नेतले सामाजिक सञ्जालको अत्यधिक दुरुपयोगसँगै पत्रकारिताको धार परिवर्तन गर्नुका साथै सृजनशील, रचनात्मक र समाधानमुखी पत्रकारिता आवश्यक रहेको उल्लेख गर्नु भएको हो ।

अध्यक्ष बस्नेतले पत्रकारितालाई सही बाटो हिँडाउन प्रश्नसँगै समाधानका विकल्पहरूमा समेत बहस थाल्न जरुरी रहेको उल्लेख गर्दै पछिल्लो समयमा प्रेस काउन्सिल नेपालले मुलुकमा रचनात्मक पत्रकारिताको प्रवर्धनको लागि सक्रियता देखाएको टिप्पणी गर्नु भएको छ ।

उहाँले युट्युबसहित सामाजिक सञ्जाल मार्फत चलेका मिडियामाथि समेत काउन्सिलले कडा निगरानी गरिरहेको जानकारी समेत दिनु भएको छ ।

यस्तो छ अध्यक्ष बस्नेतको स्ट्याटस :-

प्रतिक्रिया दिनुहोस्