कोशी ब्यारेजका ५६ वटै ढोका खोलिए

काठमाडौं । जलसतह बढ्दै गएपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ ।

अहिले कोशी ब्यारेजमा ३ लाख ६८ हजार क्युसेक पानी मापन गरिएको छ । सप्तकोशीको जलसतहले खतराको संकेत पार गरेपछी ५६ वटा ढोका खोलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिएका छन् ।

सप्तकोशीको जलसतहले खतराको संकेत पार गरेपछी नदि आसपासको क्षेत्रमा उच्च सतर्कता बढाइनुका साथै स्थानीयवासीलाई शतर्क रहन प्रशासनले आग्रह गरेको प्रजिअ तिवारीले बताए ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले पानी पर्ने क्रम जारी रहनुका साथै नदीमा पानीको समेत बहाव बढ्ने क्रममा रहेको जनाएको छ । प्रशासनले नदी आसपासका उदयपुर, सुनसरी र सप्तरी जिल्लाका बासिन्दालाई सचेत र सुरक्षितरूपमा बस्न आग्रह पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्