इन्टरपोलमार्फत सन्दीप लामिछानेलाई पक्राउ गर्ने नेपाल प्रहरीको तयारी

काठमाडौं। नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न नेपाल प्रहरीले प्रहरीको अन्तर्राष्ट्रिय सञ्जाल (इन्टरपोल) को सहयोग लिने तयारी गरेको छ ।
नाबालिगलाई बलात्कारको आरोप लागेका लामिछाने सम्पर्कविहीन भएपछि उनीलाई खोजेर नियन्त्रणमा लिन प्रहरीले इन्टरपोलको सहयोग लिने तयारी गरेको हो । लामिछानेविरुद्ध २३ भदौमा प्रहरी वृत्त गौशाला काठमाडौंमा जाहेरी परेको थियो ।
आरोप लागेसँगै सीपीएल खेलबाट बाहिरिएका लामिछानेले सामाजिक सञ्जाल फेसबुक मार्फत आफू निर्दोष रहेको र स्वदेश फर्किएर प्रहरीको अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । तर आरोप लागेको १० दिन पुग्दासम्म पनि सम्पर्कविहीन भएपछि लामिछानेलाई नियन्त्रण लिन प्रहरीले इन्टरपोलको सहयोग लिन तयारी गरेको हो ।
केन्याबाट क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेस्ट इन्डिज पुगेका लामिछाने हाल कुन देशमा छन् भन्ने बारे न प्रहरीलाई न नेपाल क्रिकेट सङ्घ क्यानलाई नै छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनले लामिछानेलाई कालोसूचीमा राखेको छ ।