काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व परराष्ट्रमन्त्रीहरुसँग मुलुकको परराष्ट्र सम्बन्ध र कूटनीति सञ्चालनबारे परामर्श गर्नुभएको छ ।

पूर्व परराष्ट्रमन्त्रीहरु रमेश नाथ पाण्डे,  प्रदीप ज्ञवाली,  रामशरण महत,  प्रकाशचन्द्र लोहनी लगायत बैठकमा सहभागी हुनुहुन्छ ।

राष्ट्रपति भवन शितल निवासमा जारी बैठकमा राष्ट्रपतिले देशको पछिल्लो कूटनीति सञ्चालन र बदलिँदो अन्तर्राष्ट्रिय परिस्थितिबारे पूर्वपरराष्ट्रमन्त्रीको धारणा सुन्न लागेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।