| बिहिबार, बैशाख ६, २०८१

भक्तपुरमा यस्ताे छ दशैँ-तिहार सुरक्षा योजना

भक्तपुर । दशैँ र तिहार नजिकिएसँगै भक्तपुरमा सुरक्षामा कडाइ थालिएकाे छ । महानगरीय प्रहरी परिसर भक्तपुरको अनुसार १ असाेजदेखि नै दशैँ-तिहार सुरक्षा याेजना लागू गरिसकेकाे छ ।

भक्तपुरका प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार चाडपर्व लक्षित विशेष सुरक्षा योजना-२०७८ बनाई प्रहरीलाई समूह-समूहमा परिचालन गरिनेछ ।

चाडपर्व नजिकिएसँगै चोरी, ठगी, लुटपाट, पकेट मार्ने, मादक पदार्थ सेवन, लागूऔषध सेवनसँगै झगडा पनि हुने भएकोले त्यसलाई मध्येनजर गरी गाडी मोबाइल, गस्ती, केआरटी, आरएससीलगायत खटाइएकाे उनले बताए । ‍बाहिरी जिल्लामा जाने नागरिकका लागि जगातिमा यात्रु सहायता कक्षा सञ्चालन गरिएको छ । यात्रुलाई समस्या परेमा सोही कक्षमार्फत सहयोग लिन सकिने उनले बताए ।

उपरिक्षक श्रेष्ठका अनुसार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणलाई मध्येनजर गर्दै ‘मास्क लगाऔँ’अभियान जारी रहनेछ । पूजाआजा तथा भीडभाड हुने क्षेत्रमा मास्क लगाउने र भाैतिक दूरी कायम गराइने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्