| सोमवार, अशोज ११, २०७८

भ्रष्टाचारमा मुछिए निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंह

काठमाडौं – नेपाल निर्माण व्यवसायी महासंघका वर्तमान अध्यक्ष रवि सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मंगलवार भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

मध्यपहाडी राजमार्गको खोटाङ खण्ड निर्माणमा अनियमितता गरेको भन्दै आयोगले उनीसहित योजना प्रमुख, लेखा प्रमुख र इन्जिनियरविरुद्ध ६८ लाख ९३ हजार बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो ।

उक्त राजमार्गको चेनेज ४२ं०० देखि ८८ं५०० खण्ड निर्माण ठेक्का सम्झौताअनुसार नगरेको र एउटै चेनेजमा दुईओटा ठेक्का गरेर भुक्तानी लिने दिने गरेको भन्दै आयोगले महासंघका अध्यक्षसहित ५ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

आयोगले मंगलवार प्रेस विज्ञप्ती जारी गर्दै सिंह, तत्कालीन योजना प्रमुख विजय चापागाईं, इन्जिनियर दीपककुमार खड्का, सबइन्जिनियर गजेन्द्रप्रसाद राउतविरुद्ध उक्त रकम मागदाबी गरेको छ ।

लेखा अधिकृत फुँयालविरुद्ध भने २१ लख ४९ हजारको माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको छ । आयोगले उनीहरूलाई भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार सजाय गरी बिगोसमेत जफत गर्न माग गरेको छ ।

उक्त राजमार्गमा ठेक्का सम्झौताअनुसार काम नगरेको भन्ने उजुरीका आधारमा अनुसन्धान गर्दा भ्रष्टाचार तथा अनियमतिता गरेको पाइएको आयोगले उल्लेख गरेको छ ।

-आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया दिनुहोस्