| सोमवार, साउन १८, २०७८

उपत्यकामा लम्ब्याइयो निषेधाज्ञा

काठमाडौँ – काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई साउन १० गतेसम्म लम्ब्याइएको छ ।

कोभिड–१९ संक्रमण रोकथामका लागि आज उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्ला प्रशासनहरुको संयुक्त बैठकले दश दिन निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

उपत्यकामा अत्यावश्यक काम बाहेक अन्यले प्रवेश गर्न नपाइने भएको छ । काठमाडौंका सीडीओ कालिप्रसाद पराजुलीका अनुसार काठमाडौं आउन पास नचाहिने, सबै खालका पसलहरु बेलुका ७ बजेसम्म खुल्न पाउने भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्