| सोमवार, असार ७, २०७८

चरित्र हत्या गर्ने सामाग्री नबनाउन साइबर ब्युरो अनुरोध

काठमाडौँ, २४ जेठ – प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोले कसै प्रति घृणा र द्वेष फैल्याउने उदेश्यले फोटो तथा भिडियो बनाउने गतिविधि नगर्न सचेत गराएको छ ।

साइबर ब्यूरोले आज एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल फेसबुक,  टिकटक, युट्युब लगायतमा फोटोशप, म्युटीलेटको प्रयोग मार्फत व्यक्तिहरुको तस्विर, भिडियो दुरुपयोग गर्दै कानूनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएको सामग्रीहरुको गरी कसै प्रति घृणा र द्वेष फैल्याउने गतिविधि नगर्न सचेत गराएको हो । त्यस्तो कार्य गर्ने व्यक्तिलाई  ब्यूरोले कानुन बमोजिम कारबाही गर्दै आएको कुरा स्मरण गराएको छ ।

ब्यूरोले लकडाउनको समयमा सामाजिक सञ्जालको दुरुपयोग गरि अमर्यादित कार्य, चरित्र हत्या गर्ने उदेश्यले त्यस्ता सामाग्री नबनाउन अनुरोध गरेको छ । त्यस्तो सामाग्री प्रकाशन, प्रशारण गरेको पाइएमा विद्युतीय कारोबार ऐन २0६३ अन्तर्गत कारबाही गरिने जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्