| सोमवार, असार ७, २०७८

नेपालमा कोरोना भाइरसको नयाँ भेरियेंट फेला पर्यो

काठमाडौँ, ४ जेष्ठ –  नेपाल कोरोना भाइरसको नयाँ भेरियेंट पत्ता लागेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारीले आज एक विज्ञप्ति जारी गर्दै नेपालमा कोरोना भाइरसको नयाँ भेरियेंट पत्ता लागेको जानकारी दिनुभएको छ ।

मन्त्रालयले देशका विभिन्न भागमा रहेका ३५ जना कोरोना संक्रमितहरुको नमुना संकलन गरि परिक्षणका लागि भारत पठाएको थियो । भारतमा गरेको जीन सिक्वेन्सिङ्गका अनुसार ९७ प्रतिशत संक्रमितहरुमा नयाँ भेरियेंट B.1.6.1.7.2 र बाकीं ३ प्रतिशत संक्रमितहरुमा B1.6.1.7.1 भेरियेंट पुष्टि गरेको छ । यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसका तीन किसिमको भेरियेंट रहेको पुष्टि गरेको छ ।

नेपालमा भेटिएको नयाँ भेरियेंट विश्व स्वास्थ्य संगठनले विश्वव्यापी भेरियेंट अफ कन्सर्न भनि घोषणा गरेको छ ।

मन्त्रालय अनुसार हाल पत्ता लागेको नयाँ भेरियेंट सबै उमेर समूहको निम्ति धेरै संक्रामक र जोखिमपूर्ण रहेको जनाएको छ ।  मन्त्रालयले कोरोनाभाइरसको संक्रमण रोक्न सबै जना सचेत र जिम्मेवार बन्दै जनस्वास्थ्यको मापदण्ड पालना गर्न र गराउन सबैको भूमिका बढाउन अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्