| सोमवार, असार ७, २०७८

तातोपानी नाकामा १८ हजार अक्सिजन सिलिण्डर आइपुग्यो

काठमाडौं, २ जेष्ठ – चीन सरकारले सहयोग स्वरूप नेपाललाई प्रदान गरेको १८ हजार अक्सिजन सिलिण्डर तातोपानी नाकामा आइपुगेको छ ।

नेपाल सरकारले कोरोना महामारीसँग जुध्न चीनलाई आग्रह गरेपछि चीन सरकारले १८ हजार अक्सिजन सिलिण्डर सहयोग स्वरूपनेपाल पठाएको हो । उपप्रधानमन्त्री एवं सिसिएमसीका संयोजक ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डे अनुसार  नाकामा आइपुगेको १८ हजार अक्सिजन सिलिण्डरलाई नेपाल सरकारले काठमाडौं ल्याउने तयारी रहेको बताउनुभयो.

चीनबाट यसअघि ४ सय वटा अक्सिजन सिलिण्डर वाइडबडी जहाज मार्फत नेपाल आइसकेको छ भने थप १६ सय अक्सिजन सिलिण्डर नेपाल आउँदैछ । त्यस्तै हिजो मस्कटबाट ५६० वटा अक्सिजन सिलिण्डर जहाज मार्फत  नेपाल आइसकेको छ ।

 सिसिएमसी संयोजक पोखरेलको नेतृत्वमा रहेको टोलीहरुले अक्सिजन र बेडको अभाव हुन नदिन निरन्तर छलफल चलिरहेको  प्रेस सल्लाहकार पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्