| मङ्लबार, जेष्ठ ४, २०७८

अब यी नाकाहरु मात्रै खुला रहने

काठमाडौं, २० वैशाख – आजबाट सरकारले भारतबाट नेपाल आउनका लागि १३ वटा नाका मात्र खुला राख्ने अनुमति दिएको छ ।

मन्त्रिपरिषद्को हिजोको बैठकले नेपालका २२ वटा नाका बन्द गरेर १३ वटा नाकाबाट मात्र आउजाउ गर्न अनुमति दिएको हो । नेपाल-भारत सीमामा पर्ने झापाको काँकरभिट्टा, मोरङको जोगवनी, इलामको पशुपतिनगर, महोत्तरीको भिट्टामोड, रौतहटको गौर, पर्साको वीरगञ्ज, रूपन्देही बेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुना, दार्चुलाको मुलघाट, बैतडीको झुलाघाट, कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट मात्र आउजाउ गर्न दिइने भएको छ ।

कोरोना नियन्त्रण र रोकथाम सम्बन्धि उच्च स्तरीय समिती (सिसिएमसी) ले सरकारलाई २२ वटा नाका बन्द गर्न र १३ वटा नाका खुला गर्न सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा मन्त्रिपरिषदले सो निर्णय गरेको हो ।

सरकारले तोकेको नाकाबाट आउनेहरुलाई नाका मै परीक्षण गरेर मात्रै घर पठाउने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्