| बिहिबार, बैशाख ६, २०८१

अस्पतालबाहेक अन्य क्षेत्रमा अक्सिजनको प्रयोग नगर्नुस्

काठमाडौं, १८ वैशाख – कोरोना रोकथाम तथा नियन्त्रण गर्न गठित निर्देशक समिति कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले अस्पतालमा बाहेक अन्य कुनैपनि क्षेत्रमा अक्सिजनको प्रयोगमा रोक लगाउने निर्णय सरकार समक्ष सिफारिस गरेको छ ।

निर्देशक समिति कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले कोरोना सङ्क्रमितलाई अक्सिजनको अभाव हुन नदिन उद्योग वा अन्य कुनै क्षेत्रमा अक्सिजनको प्रयोगमा रोक लगाउन मन्त्रिपरिषदको बैठकमा सिफारिस पठाउने निर्णय गरेको हो ।

अक्सिजन सिलिन्डर नागरिकहरुले आफ्नो घरमा राखेका हुनाले अस्पतालमा आएका बिरामीहरुले समस्या भोग्नु पर्ने स्थिति पैदा नहोस्,  अस्पतालमा उपचारका लागि राखिएका सिलिन्डरहरुलाई पनि तत्कालै रिफिल गर्नुका साथै अक्सिजन उद्योगलाई समेत पूर्ण क्षमताका साथ सञ्चालन गर्न निर्देशन दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समक्ष सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्