| मङ्लबार, जेष्ठ ४, २०७८

भारतसँग जोडिएका नाकाहरु बन्द गरिने

काठमाडौं, १७ वैशाख – कोरोना रोकथाम तथा नियन्त्रण गर्न गठित निर्देशक समिति कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले नेपाल-भारत सीमासँग जोडिएका नाकाहरु तत्काल बन्द गर्न सरकारसमक्ष सिफारिस गरेको छ ।

 शुक्रबार सिंहदरबारमा बसेको सीसीएमसीको बैठकले नेपाल-भारत सीमासँग जोडिएका २२ वटा नाका बन्द गर्न सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले नेपाल-भारत सीमाबाट दैनिकरुपमा मानिसहरुको आवतजावत भइरहँदा नेपालमा कोरोना संक्रमितको संख्या दिनहुँ बढेको भन्दै बताएको छ ।

सीसीएमसी बैठकले बैंक तथा वित्तिय संस्थाहरुलाई समेत एक चौंथाइ कर्मचारी राखेर सञ्चालन गर्न दिन निर्णय गरेको छ । त्यस्तै सार्वजनिक निर्माणका सम्पूर्ण कार्य बन्द गर्ने, सञ्चालन हुने उद्योगले मजदुर तथा कर्मचारीलाई उद्योग परिसरभित्रै रहने गरी सञ्चालन गर्न पनि निर्देशन दिएको  उपप्रधानमन्त्री इश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिनुभएको छ ।

हाल सरकारले क्वारेन्टाइनसहितका काँकडभिट्टा, जोगवनी, पशुपतिनगर, भिठ्ठामोड, गौर, वीरगन्ज, बेलहिया, कृष्णनगर, जमुनाह, झुलाघाट, कोलुघाट, गौरीफन्टा र गड्डाचौकी नाका खुला राखेको छ ।

प्रतिक्रिया दिनुहोस्