| शुक्रबार, बैशाख ७, २०८१

प्रधानमन्त्रीको हस्ताक्षर दुरुपयोग गरेर भ्रामक पत्र तयार गर्ने समूहको खोजी सुरु

काठमाडौँ, ३ बैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीको हस्ताक्षर दुरुपयोग गर्दै भारतीय खुफिया एजेन्सीसँग गरिएको भनिएको भ्रामक सम्झौतासम्बन्धि समाचारबारे प्रेस काउन्सिल नेपालले अनुसन्धान सुरु गरेको छ ।

काउन्सिलले भ्रामक सम्झौताको पत्र प्रकाशन गर्ने अनलाइनलाई स्पष्टीकरण माग गरेको छ । काउन्सिलका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले मुलुकका कार्यकारी प्रमुखलाई जोडेर मुलुक र राष्ट्रियताविरुद्धको कार्य क्षम्य नहुने बताएका छन । प्रधानमन्त्रीको हस्ताक्षर दुरुपयोग गरेर भ्रामक पत्र तयार गरेकोबारे नेपाल प्रहरीले पनि अनुसन्धान सुरु गरेको छ । साइबर ब्यूरोले प्रधानमन्त्रीको हस्ताक्षर फोटोसप गरेर पत्र तयार गर्ने समूहको खोजी सुरु गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्