| आइतवार, बैशाख ५, २०७८

विवाह मण्डपबाटै पक्राउ परे बेहुला

पर्सा, १५ फागुन – जिल्ला प्रहरी कार्यालय पर्साले बालविवाह गर्ने बेहुला र गराउने बेहुलाका बुबालाई विवाह मण्डवबाटै पक्राउ गरेको छ।

वीरगञ्ज महानगरपालिका–१६, लक्ष्मीनारायण टोलमा १७ वर्षीया बालिकासँग शुक्रबार बालविवाह भइरहेका बेला वीरगञ्ज १६, नगवाका १९ वर्षीय बेहुला र उनका ४६ वर्षीय बुबालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी ओमप्रकाश खनालले जानकारी दिनुभयो।

दुवैजनामाथि थप अनुसन्धानका लाागि अदालतबाट सात दिनको म्याद थप गराई कानुनी प्रक्रिया अगाडि बढाइएको उहाँले बताउनुभयो।

बालविवाहसम्बन्धी कसूरमा दोषी ठहरिए तीन वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्