| शुक्रबार, फाल्गुन २१, २०७७

सर्वोच्च अदालतको फैसला- संसद पुनःस्थापना

काठमाडौं, ११ फागुन – सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापना हुने फैसला गरेको छ ।

करिब दुई महिना लामो चलेको संवैधानिक इजलासको  सुनुवाइले आज प्रतिनिधिसभा पुन:स्थापना हुने सर्वोच्च अदालतले आफ्नो फैसला सुनाएको हो । सर्वोच्चले १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि आदेश दिएको छ।

गत पुस ५ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा विघटनको सिफारिस गरेको थियो। मन्त्रिपरिषद्को सिफारिसमा पुस ५ गते राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन भएको थियो । दुई महिनाको बहसपछि आज फैसला सुनाइएको हो।

सर्वोच्चको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल, तेजबहादुर केसीले विघटन विरुद्धका रिटमा सुनुवाइ गरेका थिए।

यो मुद्दाका दुवै पक्षले बहस गर्नुका साथै र एमिकस क्युरीले समेत आफ्नो राय राखेका थिए।

प्रतिक्रिया दिनुहोस्