| शुक्रबार, फाल्गुन २१, २०७७

सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै

काठमाडौं, ११ फागुन – राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बस्दै छ। प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा मंगलबार बिहान नौ बजे सिंहदरबारस्थित परिषद्को कार्यालयमा बैठक बोलाइएको हो।

खासगरी राष्ट्रिय विपत् र राष्ट्रिय सुरक्षामा खतरा पैदा भएका वेला सेना परिचालनसम्बन्धी निर्णय लिन परिषद्को बैठक बस्ने गरेको छ। अहिलेको जटिल राजनीतिक अवस्थामा बस्न लागेको सुरक्षा परिषद् बैठकलाई धेरैले चासोका साथ हेरिरहेका छन्। सुरक्षा परिषद्को प्रमुखमा प्रधानमन्त्री रहने व्यवस्था छ । सदस्यमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्यसचिव र प्रधानसेनापति रहने व्यवस्था छ।

रक्षा मन्त्रालय स्रोत अनुसार आज बस्न लागेको बैठकलाई नियमित भनेको छ।

प्रतिक्रिया दिनुहोस्