थप १ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुग्यो

काठमाडौं, ९ मङ्सिर – नेपालमा आज थप १ हजार ७९० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १ हजार ७९० जनामा कोरोनाको संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या २ लाख २४ हजार ७८ पुगेको छ ।
नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या २ लाख ४ हजार ८५८ पुगेको छ । पछिल्लो २४ घन्टामा २७९१ जना डिस्चार्ज भएका छन् ।