| सोमवार, माघ ५, २०७७

थप १ हजार ६६९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुग्यो

काठमाडौं, ७ मङ्सिर –  नेपालमा आज थप १ हजार ६६९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १ हजार ६६९ जनामा कोरोनाको संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या २ लाख २० हजार ३०८ पुगेको छ ।

नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या १ लाख ९९ हजार २४ पुगेको छ । पछिल्लो २४ घन्टामा ५६९९ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्