काठमाडौं, ४ मङ्सिर –  नेपालमा आज थप  २ हजार १०३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप २ हजार १०३ जनामा कोरोनाको संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या २ लाख १५ हजार २० पुगेको छ ।

नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या १ लाख ८५ हजार ६३८ पुगेको छ । पछिल्लो २४ घन्टामा २८५८ जना डिस्चार्ज भएका छन् ।