काठमाडौं, ३ मङ्सिर –  नेपालमा आज थप  १  हजार ४४२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १ हजार ४४२ जनामा कोरोनाको संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ ।

नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या १ लाख ८२ हजार ७८० पुगेको छ । पछिल्लो २४ घन्टामा ३५३८ जना डिस्चार्ज भएका छन् ।