काठमाडौं, २ मङ्सिर –  नेपालमा आज थप ५०२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ५०२  जनामा कोरोनाको संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ ।

नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या १ लाख ७९ हजार २४२ पुगेको छ । पछिल्लो २४ घन्टामा २८७८ जना डिस्चार्ज भएका छन् ।