| बुधबार, कार्तिक १२, २०७७

थप १ हजार ३१३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७० हजार ६१४ पुग्यो

काठमाडौं, ९ असोज – नेपालमा आज थप १ हजार ३१३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १ हजार ३१३ जनामा कोरोनाको संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या ७० हजार ६१४ पुगेको छ ।

नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ । पछिल्लो २४ घन्टामा १४५५ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्