| बिहिबार, चैत्र १५, २०८०

थप १ हजार ४९७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६९ हजार ३०१ पुग्यो

काठमाडौं, ८ असोज – नेपालमा आज थप १ हजार ४९७  जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १ हजार ४९७ जनामा कोरोनाको संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या ६९ हजार ३०१ पुगेको छ ।

नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या ५० हजार ४११ पुगेको छ । पछिल्लो २४ घन्टामा ४५७ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्