काठमाडौं, ७ असोज – नेपालमा आज थप १ हजार १७२  जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १ हजार १७२ जनामा कोरोनाको संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या ६७ हजार ८०४ पुगेको छ ।

नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या ४९ हजार ९५४ पुगेको छ । पछिल्लो २४ घन्टामा १८९३ जना डिस्चार्ज भएका छन् ।