| आइतवार, अशोज ११, २०७७

थप १ हजार ५३९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५८ हजार ३२७ पुग्यो

काठमाडौं, ३१ भदौ – नेपालमा आज थप १ हजार ५३९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १ हजार ५३९ जनामा कोरोनाको संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या ५८ हजार ३२७ पुगेको छ ।

नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या ४१ हजार ७०० पुगेको छ । पछिल्लो २४ घन्टामा १०६८ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्