| आइतवार, अशोज ११, २०७७

थप ११७० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५५ हजार ३२९ पुग्यो

काठमाडौं, २९ भदौ – नेपालमा आज थप ११७० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ११७० जनामा कोरोनाको संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या ५५ हजार ३२९ पुगेको छ ।

नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या ३९ हजार ५७६ पुगेको छ । पछिल्लो २४ घन्टामा ८७९ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्