| बुधबार, साउन २८, २०७७

काठमाडौँ उपत्यका प्रवेशमा रोक

काठमाडौ, १६ साउन – गृह मन्त्रालयले उपत्यका प्रवेशमा प्रतिबन्ध लगाएको छ ।

उपत्यकामा कोरोना सक्रमितहरुको संख्या बढ्न थालेपछि गृह मन्त्रालयले काठमाडौं उपत्यकामा साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म प्रवेशमा पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ। मन्त्रालयले उक्त निर्णय बिहीबार साँझदेखि लागु गरेको जानकारी दिएको छ ।

मन्त्रालयले अत्यावश्यक काम बाहेक सवारीसाधनलाई पास जारी नगर्न देशभरका जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन समेत  दिएको छ ।

प्रतिक्रिया दिनुहोस्